दफा ४४८
बन्धकी दिएको सम्पत्ति अविभाज्य हुने

(१) साहूका अंशियारबीच अंशबण्डा भई वा अपुताली परी वा साझेदारीबीच भाग विभाजन हुंँदा एकभन्दा बढी साहू कायम हुन आएमा पनि असामीले साहूलाई बन्धकी दिएको सम्पत्ति अविभाज्य रहनेछ र असामीले लिएको सम्पूर्ण ऋण बन्धकीको लिखत बमोजिम पूरा चुक्ता नगरेसम्म बन्धकीमा दिएको सम्पत्ति वा त्यसको कुनै अंश फिर्ता लिन सक्ने छैन ।
(२) असामीका अंशियारहरू बीच अंशबण्डा भई, अपुताली परी वा साझेदारीबीच भाग विभाजन हुंँदा एकभन्दा बढी असामी कायम हुन आएकोमा प्रत्येक असामीले आ– आफ्नो हिस्साको सम्पूर्ण ऋण चुक्ता नगरेसम्म बन्धकी दिएको सम्पत्ति फिर्ता लिन सकिने छैन ।